सशस्त्रका प्रहरी हवल्दार मृत अवस्थामा फेला

दार्चुला, २१ फागुन : दार्चुलामा एक जना सशस्त्र प्रहरीका हवल्दार मृत फेला परेका छन् । बैतडीको पुर्चौडी नगरपालिका–३ तोलिगाउँका सुरेन्द्रबहादुर बोहरा मृत फेला परेका हुन् । श्रीमतीलाई भेट्न ससुराली पुगेका कञ्चपुरको बह्रमदेवमा कार्यरत प्रहरी हवल्दार बोहरा अपिहिमाल गाउँपालिका–२ मा मृत फेला परेका हुन् ।
मृतक बोहराकी श्रीमती गाउँपालिका स्वास्थ्यमा कार्यरत छन् । बिदामा गएका बोहरा ससुराली घर नजिकै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरिक्षक गोविन्द भण्डारीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.