अत्तरियामा एक दिने महिला हिंसा न्यूनीकरण कार्यशाला सम्पन्न

अत्तरिया, २६ फागुन : गोदावरी नगरपालिका वडा नम्बर २ मा एक दिने महिला हिंसा न्यूनीकरण कार्यशाला सम्पन्न भएको छ । शनिबार गोदावरी नगरपालिका वडा नम्बर २ को सहकार्य र राष्ट्रिय लोकसांस्कृतिक प्रतिष्ठानको आयोजनामा कार्यक्रम भएको हो ।
महिला हिंसा न्यूनीकरण र महिलालाई कसरी नेतृत्वमा ल्याउने भन्ने उदेश्यका साथ कार्यक्रम भएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशको उपसभामुख कोइलीदेवी चौधरी रहेका थिईन् । यस्तै कार्यक्रममा विशेष्ट अतिथिमा गोदावरी नगरपालिकाको उपप्रमुख शारदादेवी रोकाया रहेकी थिईन ।
कार्यक्रमको सहजकर्ता जिल्ला कैलाली अदालतका अधिवक्ता हिमालयन विष्ट, दुर्गा लक्ष्मीका सहप्राध्यापक माला भण्डारी, युवा नेता लोकराज पाण्डे रहेका थिए । राष्ट्रिय लोकसांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिला विस्कोटाले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका हुन । कार्यक्रममा गोदावरीका ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.