बाल विवाह न्यूनीकरणका लागि कानुन कार्यान्वयनमा जोड

धनगढी : बालविवाह न्यूनीकरण गर्नका लागि कानुन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई दवाब दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
युवा गठबन्धन विकास ( यार्ड नेपाल) ले आइतवार धनगढीमा आयोजना गरेको मिडिया सवेदनशिलता र परिचालन सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले बाल विवाह रोक्नको लागि कानुन कार्यान्वयमा जोड दिनुपर्ने बताएका हुन् ।
बाल विवाह रोक्नका लागि सञ्चारकर्मीहरुले भएका ऐन कानून कार्यान्वयनमा योगदान पुग्ने गरी कमल चलाउन आवश्यक रहेको पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले बताए । उनले बाल विवाह लगायत समाजमा हुने जति पनि किशोर किशोरीहरुका समस्यालाई समाधान गर्न तर्फ सबैले आ–आफनो ठाँउबाट लाग्न आवश्यक रहेको बताए ।
पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले गर्दा पनि बालविवाह लगायत समाजमा विभिन्न घटनाहरु बढ्ने क्रममा रहेको कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुको भनाइ छ । युवा गठबन्धन विकासका टिम लिडर महेन्द्र शाहीले संस्थाले यौन तथा प्रजनल स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु गर्दै पनि आइरहेको बताए ।
त्यसका साथै मिडिया मार्फत यौनिक शिक्षाको अभावका कारण परिरहेका असरहरुका बारेमा जानकारी दिन आवश्यक रहेको यार्ड नेपालका टिम लिडर महेन्द्र शाहीले जानकारी दिए । उनले यौनिक शिक्षा समयानुसार किशोरकिशोरीहरुमा अनिवार्य जस्तै बनिसकेपनि पाठ्यक्रममा हालसम्म पनि समावेश हुन नसकेको बताए । जसका कारण किशोरकिशोरीहरुमा विकृतिजन्य क्रियाकलाप हावी हुने गरेको उनको भनाई छ ।
विद्यालयस्तरमा यौनिक शिक्षा समावेश गरिनुपर्ने भन्दै विभिन्न पालिकाहरुमा अन्र्तक्रिया कार्यक्रमहरु आयोजना गर्ने, विद्यालयस्तरमा त्यसको बारेमा जानकारी दिने लगायतका कार्यहरु गर्दै आईरहेको शाहीको भनाई छ । स्कुल तहमा युवा, किशोरकिशोरहिरुलाई सुहाउदो, पाठ्यक्रम केन्द्रित शिक्षा दिनुपर्छ भन्ने मान्यता आफुहरुको रहेको उनको भनाई छ । उनले सोही अन्र्तगत नै आफुहरुले यौनिकता शिक्षाको बारेमा छलफल गर्दै आईरहेको बताए । उनले अति आवश्यक भएपनि अहिलेको विद्यालयस्तरको पाठ्यक्रममा यौनिकता शिक्षा नसमेटिएको बताए । उनले पाठ्यक्रममा समावेश नभएपनि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप मार्फत यस्ता जानकारीहरु दिन आवश्यक रहेको बताए ।
सञ्चारकर्मीहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा यौनिक शिक्षाको आवश्यकता, देशमा तथा सुदूरपश्चिममा त्यसको अवस्था र निराकरणका उपाय लगायतका बारेमा सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा ईकाइ प्रमुख गौरीदत्त जोशीले गरेका थिए । कैलाली–कञ्चनपुरका तीन वटा स्थानीय तहका ६ वटा विद्यालयमा कार्यक्रमहरु गर्दै आइरहेको उनले जानकारी दिए ।
उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका र गोदवारी नगरपलिकाका दुई÷दुई वटा स्कूलमा र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका दुई वटा स्कुलमा कार्यक्रम सञ्चालनमा छ

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.