डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

अत्तरिया : डडेल्धुराबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ। आइतबार बिहान घटाल डिलक्सको बा ५ ख ६००० नम्बरको बस पूर्व नवलपरासीको दाउन्नेमा दुर्घटनामा परेको हो।

प्रेसर पाइप फुटेर उकालोमा रोकेको उग्रतारा यातायात प्रालिको घटाल एसी बस एक्कासी ब्याक भएर पल्टिएको बताइएको छ। बसमा ४० जनाजति यात्रु रहेकोमा सबै सकुशल रहेको उग्रतारा यातायात व्यवसायी समितिको अध्यक्ष मानबहादुर साउदले बताए।
उनका अनुसार अधिकाशं यात्रुलाई सामान्य उपचारपछि गन्तव्यमा पठाइसकिएको छ। भने, बाँकी यात्रुलाई पनि अन्य सवारीसाधनमा पठाइएको थियो। घटनाबारे थप बिवरण प्रहरीले बुुझिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.