बडीमालिकामा लेक लागेर बिरामी भएका युवकलाई हेलिकप्टरमार्फत उद्वार

बाजुरा : धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा दर्शनका लागि पुगेका एक युवक गम्भीर बिरामी भएका छन् । जिल्लाको बुढीगङ्गा नगरपालिका ६ बस्ने अन्दाजी ३४ वर्षका चन्द्र पाध्याय बुधबार बिहान बडीमालिकाको त्रिवेणी पाटनमा बिरामी भएका हुन् ।

बडीमालिका मेला भर्न पुगेका पाध्यायलाई अक्सिजन कम हुँदा स्वास्थ्यमा समस्या भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनकाअनुसार पाध्यायको स्वास्थ्य अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवेणी पाटनबाट उद्वार गरिएको छ । हेलिकप्टरको भाडा बुढीगङ्गा नगरपालिकाले तिर्ने गरी अहिले पाध्यायलाई उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.