गोदावरी नगरपालिका-१२ मा जेष्ठ नागरिकका लागि स्वाथ्य शिविर सञ्चालनमा

अत्तरिया, २४ बैशाख : गोदावरी नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । पद्मा अस्पताल प्रालिको प्राविधिक सहयोगमा सोमबारदेखि सुरु भएको हो । शिविर आज मंगलबारसम्म सञ्चालन हुने छ । स्वास्थ्य शिविरमा सञ्चालन कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्टले जेष्ठ नागरिक आमा बुवा, दाजु भाईले शिविरको सदुपयोग गरी सेवा लिन आग्रह गरे । जनता कोही पनि अकालमै जीवन बेतित गर्न नपरोस, पालिकाले घरदैलोमा नै स्वास्थ्यकर्मी परिचालन गरेकोले सबैले आ–आफ्नो गाउँठाउँमा स्वास्थ्यकर्मी आउदा उहाँलाई सबै समस्या भनि दिन मेयर भट्टले आग्रह समेत गरे । पालिकाको बजेटले धानेसम्मका लागि सबै जेष्ठ नागरिक, दलित, महिला, अपाड्ग, लगायतलाई सेवा दिने उनले बताए ।
स्वास्थ्य शिविर कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोापलदत्त भट्टले जेष्ठ नागरिकसँगै अन्य पीछडीएका सबैलाई स्वास्थ्यको पहँुच पुग्ने गरी कामकाज अगाडि बढाएको बताए ।
पालिकाले महिला, जेष्ठ नागरिक, दलित, बालबालिकाकालाई लक्षित गरी स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम आयोजना गरेको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । केही दिन अगाडि गोदावरी ४ को हाटखोलीमा शिबिर संचालन गरेको थियो ।
अत्तरियाको पद्मा अस्पतालमार्फत गोदावरी नगरपालिका वडा नं १२ को कोलमुडामा शिविरको आयोजना गरिएको हो । गोदावरी नगरपालिका वडा नं १२ को आर्थिक सहयोगमा संचालन हुने गैरहेको स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरु फिजिशियन, अर्थो, महिला रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, मेडिकल रोग विशेषज्ञ लगायत अन्य समस्या भएकाहरुका लागि चेकजाँच तथा उपचारको लागि शिविर संचालन आएको छ ।
त्यस्तैगरी शिविरलाई प्राविधिक सहयोग पु¥याउदै आएका पद्मा अस्पतालका निर्देशक डा. नर बहादुर मौनीले गाउँ बस्तीमा शिविरले सबैलाई क्रमिक रुपमा स्वस्थ्य परीक्षणमा सक्ने सहयोग गर्न पाउदा खुशी भएको बताए । स्वास्थ्य शिविर कार्यक्रमको अध्यक्षता वडा न. १२ का अध्यक्षले जेष्ठ नागरिकका लागि २ लाख बजेट छुट्याएका बताए । नागरिकलाई बुझ्दै जादा स्वास्थ्य शिविर प्रभावकारी रहने र अहिलेको आवश्यकता रहेकोले हामीले शिविर संचालन गरेको उनको भनाई छ ।
स्वास्थ्य शिविरमा डाक्टरहरू पदमा अस्पतालका निर्देशक डा. नरबहादुर मौनी, डा. गणेश फुलारा, डा. बेन्जु कोइराला, डा. जीवानन्द बिष्ट, डा. टेकराज खत्री, मञ्जु साउद, अस्पताल सञ्चालक विवेक शाह लगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.