सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धि छलफल

अत्तरिया : सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्थानीय कानुनबारे सरोकारवालासंग छलफल गरिएको छ । महिला कानुन र विकास मञ्च (एफब्लूएलडी), सिआरआर, केयर नेपाल र निड्स नेपालको संयुत्त आयोजनामा कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु, कार्यपालिका सदस्हरु, लगायत शाखा प्रमुखहरुसंग अत्तरियामा छलफल गरिएको हो ।
छलफलमा महिला कानुन र विकास मञ्चका प्रतिनिधि अधिवत्ता दिपेश श्रेष्ठ, केयर नेपालका प्रतिनिधि कालीदाश जोशी र गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले प्रस्तुती राखेका थिए भने अधिवत्ता रेणु श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिईन् । आफ्नो प्रस्तुती राख्दै अधिवत्ता श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धि स्थानीय कानुनका बारेमा स्पष्ट पारेका थिए ।
त्यस्तै स्वास्थ्य शाखा प्रमुख अवस्थीले गोदावरी नगरपालिकामा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका बारेमा नगरपालिकाले प्रदान गर्दै आएका सेवा बारे जानकारी गराएका थिए । उनले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका विषयमा स्वास्थ्य शाखा गम्भीर रहेको भन्दै कानुन बमोजिमका कार्यक्रमहरु लागू गर्दै आएको बताए ।
तर, सूचना अभावका कारण कतिपय राम्रा कार्यक्रम तथा सेवाहरु तल्लो वर्गसम्म पुर्याउन नसकिएको उनले बताए । कार्यक्रममा आफ्नो भनाई राख्दै गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले संघ संस्थाहरुले बेला बेलामा झक्कयाउने गरे आफुहरुलाई पनि काम गर्ने जाँगर आउने बताईन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.