बैतडीको एक घरमा आगलागी, ८० हजारको क्षति

बैतडी : बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको पाटन नगरपालिका–४ का किसनसिंह ऐरीको घरमा आगलागी भएको हो। मंगलबार साँझ साढे ६ बजेतिर घर बाहिर बालेको आगो सल्किँदा उनको दुई तले ६ कोठे घर र कच्ची भान्छामा आगलागी भएको हो।

उक्त आगलागीबाट करिब ८० हजार बराबरको क्षति हुनुका साथै ऐरीले पालेको एक गाई समेत जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.