काँग्रेस सुदूरपश्चिमले तोक्यो २२ जना बिभागिय प्रमुख

धनगढी : नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले २२ जना प्रदेश कार्यसमिति सदस्य बिभागिय प्रमुखको जिम्मेवारी दिएको छ ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति बीरबहादुर बलायरले नेपाली काँग्रेसको बिधानको धारा १३, उपधारा ९१० बमोजिम नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका २२ जना सदस्यहरुलाई विभागिय प्रमुखको जिम्मेवारी दिएका हुन् ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले बिभागिय प्रमुखको टुंगो लगाउन पदाधिकारीको बैठक बोलाएका थिए । सोही पदाधिकारी बैठकले बिभागिय प्रमुखको टुंगो लगाएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश भाषा, साहित्य, कला संस्कृति बिभाग प्रमुख समेत रहेका प्रदेश प्रबक्ता सुरत रावत डोटेली कान्छाले बताए ।
तोकिएको प्रमुख अनुसार संगठन विभागमा पदम बहादुर शाही, प्रदेश कानुन तथा संसदीय मामिलामा करबिर सिंह कार्की, प्रदेश तथा स्थानीय निकायमा निर्मला बोगटी, सूचना तथा प्रचारप्रसारमा धनराज पण्डित, भातृ संघ समन्वयमा गजराज पाण्डेय, शुभेच्छुक संस्था समन्वयमा केशरी विष्ट रहेका छन् । दिवाकर पाण्डेयलाई पेशागत तथा बुद्धिजिवी विभाग, सुरत बहादुर रावत (डोटेली कान्छा) लाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग, धन बहादुर शाही (धिरेन्द्र) लाई शिक्षा विज्ञान तथा प्रविधि विभाग, डाक्टर मेराज आलम अन्सारीलाई स्वास्थ्य विभाग, अनुराधा स्वाँरलाई गैर सरकारी संस्था तथा सामाजिक सेवा विभाग, टेकराज जोशीलाई अभिलेख अनुगमन तथा मूल्याङ्कन विभाग, भक्त बहादुर ठकुल्लालाई उद्योग, व्यापार, बाणिज्य तथा आपूर्ति विभाग, टेकराज जोशी (डिके) लाई भौतिक पूर्वाधार निर्माण तथा यातायात विभाग, तेज बहादुर लुहारलाई कृषि तथा भूमिसुधार विभाग प्रमुखको जिम्मेवारी दिइएको जनाइएको छ ।
यस्तै, ज्ञानेन्द्र बहादुर सिंहलाई यूवा तथा खेलकुद विभाग, जयन्ती जोशीलाई जल उर्जा तथा प्राकृतिक स्रोत विभाग, झेली रानालाई शान्ति सुरक्षा तथा प्रशासन विभाग, राम बहादुर देउवालाई ट्रेड युनियन तथा श्रमिक विभाग, मदन गिरीलाई वैदेशिक रोजगार समन्वय विभाग, टेक बहादुर चौधरीलाई द्वन्द व्यवस्थापन विभाग र पुष्पा भट्ट जोशीलाई अन्य पार्टी सम्पर्क विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.