सुदूरपश्चिम सरकार आकार वृद्धि गरी बजेट ल्याउँदै

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१\८२ को वार्षिक बजेट शनिबार ल्याउने भएको छ । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले शनिबार प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेको हो । सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

चालु आर्थिक वर्षमा २९ अर्ब २६ करोड बजेट ल्याएको सरकारले अगामी वर्षका लागि भने आकार वृद्धि गरेर ल्याइने जनाएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले ३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने गरी तयारी भइरहेको बताए । ‘बजेटको तयारीमै भएकाले आकारबारे यकिन भन्न सकिएन तर चालु वर्षकोभन्दा ठूलो बजेट आउँछ,’ पालले भने, ‘३२ देखि ३३ अर्बको हाराहारीमा हुने गरी बजेट ल्याउने हाम्रो तयारी छ ।’

आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयबाट प्राप्त भएको बजेट सिलिङअनुसारका योजनालाई एकीकृत गरेर बजेट वक्तव्य निर्माणको काम गरिरहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.