बझाङबाट काठमाडौं आइरहेको बस ठुलो दुर्घटनाबाट जोगियो

अत्तरिया : बझाङबाट काठमाडौं आउँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ । आज (शुक्रबार) बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँमा पहिरो खसेको थियो । तर, संयोगबस् बस गुडेर केही फिट अगाडि पुगेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ पुगएको थियो ।

अघिल्लो शुक्रबार बिहान दुईवटा बस चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका थिए । तर, आज हप्ता पुग्दासम्म पनि बस फेला परेको छैन । गत शुक्रबार बिहान वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस नारायणगढ-मुग्लिन सडकअन्तर्गत पहिरोले बगाउँदा त्रिशूली नदीमा खसी बेपत्ता थिए । दुवै बसमा गरी ६५ यात्रु थिए । तीमध्ये ३ जनाले तत्काल पौडिएर ज्यान जोगाए पनि बाँकी यात्रु बेपत्ता भएका थिए । नदीमा बेपत्तामध्ये हालसम्म २३ जनाको शव फेला परेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.