गोदावरीमा नवनिर्मित संस्कार शाला भवनको उद्घाटन

अत्तरिया : गोदावरी नगरपालिका–४ मा पवित्र धार्मिक तथा पर्यटकीय स्थल गोदावरी धाममा संस्कार शालाको उद्घाटन गरिएको छ । शुक्रबार गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टले विधिवत रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात नगर प्रमुख भट्टले अन्तिम संस्कार सम्पन्न गर्न सहज होस् भन्ने उदेश्यले संस्कारशालाको निर्माण गरीएको बताए ।
‘गोदावरीधाममा विभिन्न ठाँउबाट शवहरु आउने भएकोले कतिपय बाहिरबाट आउने व्यक्तिहरुलाई अन्तिम संस्कारका लागि स्थानको आवश्यकता परीरहेको हुन्छ त्यस्ता व्यक्तिहरुलाई सहजता हुने विश्वास लिएको छौ’, उनले भने ।
गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जनताका पक्षमा काम भएको बताए । ‘गोदावरीधाममा थुप्रै विकास निर्माणका काम भएका छन्, उनले भने ‘संस्कारशाला पूर्णरुपमा जनतालागि निर्माण भएको संरचना हो ।’ सहरी विकास संघीय कार्यान्वयन इकाइ धनगढीको आर्थिक सहयोगमा चारकोठे भवन निर्माण गरीएको हो । भवनको हत्तिनाथ निर्माण सेवाले भ्याट बाहेक २८ लाख ५० हजारमा गत फागुनमा ठेक्का लिएको थियो ।
यस्तै नगर उप–प्रमुख शारदा देवी रोकायले नगरले गोदावरी धामको समग्र विकासका कार्यमा निरन्तरता दिदै आईरहेको साथसाथै यस गोदावरी क्षेत्रमा विभिन्न क्षेत्रबाट आएका मानिसहरू छन् । उनीहरु कतिपय भाडाको भरमा बस्दै आइरहेका हुन्छन् भने उनीहरुको असामयिक निधन भएको अवस्थामा अन्त्येष्टि पछि क्रिया गर्नको लागी घरबेटीले अनुमति नदिएको अवस्थामा क्रिया गर्न सहजका निम्ति यस गोदावरी क्षेत्रमा संस्कार शाला भवनको निर्माण गरिएको बताईन् ।


यो देव कार्य र प्रीति कार्यको लागी उचित रहेको उनले बताईन् । उनले गोदावरी प्रदेशकै मुख्य प्रवेशद्वार भएकोले गोदावरी धाममा संस्कारशालाको निकै आवश्यकता देखेर आफूहरुले पहल गरी सफल भएको बताईन् । नगर प्रवक्ता गोपाल भट्टले विभिन्न क्षेत्रबाट आएर यस क्षेत्रमा पढ्न सिलसिला तथा कामको सिलसिलामा बसाई गर्दै आइरहनु भएका साथै उनीहरुको घरमा अचानक मृत्यु पश्चात अन्त्येष्टि गरी क्रिया गर्ने वातावरणको अवस्था नभएकाहरुका लागी समस्या भएमा आज देखि यस नवनिर्मित संस्कार शाला भवनमा बस्न सक्ने वातावरण गरिएको बताए । प्रवक्ता भट्टले नगर प्रमुखको पहलमा शहरी विकास मार्फत उक्त भवन निर्माण गरिएको बताए ।
सहरी विकास संघीय कार्यान्वयन इकाइ धनगढीको आर्थिक सहयोगमा चारकोठे भवन निर्माण गरीएको हो । भवनको हात्तिनाथ निर्माण सेवाले भ्याट बाहेक २८ लाख ५० हजारमा गत फाल्गुनमा ठेक्का लिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.