अत्तरिया, १५ भदौ : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनगढीमा कार्यक्रम सम्पन्न गरेको हो
एशियन लाइफ इन्स्योरेन्स कम्पनीका धनगढी शाखाका प्रमुख दिपेशप्रसाद देवकोटाको सभापतित्वमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि कम्पनीकै सुदूरपश्चिम प्रमुख गणेशबहादुर साउँद रहेका थिए । उनले सबैको मेहनतले गर्दा संस्था यहाँसम्म आईपुगेको बताए । यस्तै कार्यक्रमम उत्कृष्ट अभियानकर्तालाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बिमा गर्ने मात्र होइन सामाजिक कार्यहरु समेत सञ्चालन गर्ने गरेको जनाएको छ । कार्यक्रममा महिला तथा पुरुषहरु दर खादै तीजका गितमा रमाएका थिए ।