अत्तरिया, १९ भदौ : नेपाल रेडक्रस सोसाइटीकोे ६२ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । वि.सं. २०२० साल भदौ १९ गते रेडक्रस अभियानको अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो । त्यसैको सम्झनामा रेडक्रम दिवस मनाईने गरेको छ ।
दिवसकै अवसरमा कैलालीको गोदावरी नगरपालिकामा रहेको रेडक्रस अत्तरिया उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उपशाखाले अत्तरियाको श्रीकृष्ण मार्केटमा आराम फिजियोथेरापी संगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखाका सभापती भरत खड्काले बताए । हाल नेपाल रेडक्रसका १,५३७ उपशाखा, ७७ जिल्ला शाखा, ७ वटा प्रदेश समिति र एक केन्द्रीय समिति रहेका छन् ।
सम्बन्धित पाेस्टहरु