नेपाल प्रहरी श्रीमती सङ्घका सदस्यहरूलाई माया मेट्रो अस्पतालले उपचारमा छुट दिने

अत्तरिया : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको माया मेट्रो हस्पिटल प्रालिले नेपाल प्रहरी श्रीमती सङ्घका सदस्यहरुलाई उपचारमा छुट दिने गरी सम्झौता भएको छ ।

सङ्घका वहालवाला नेपाल प्रहरी कर्मचारी तथा आश्रित परिवार, अवकाश प्राप्त नेपाल प्रहरी तथा आश्रित परिवार, अमर तथा विरगती प्राप्त प्रहरी कर्मचारीको आश्रित परिवारलाई हस्पिटलमा उपचार सेवा लिए बापतको रकममा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

बिहीबार हस्पिटलका निर्देशक डा. मोहन साउद र सङ्घको तर्फबाट केन्द्रीय अध्यक्ष लक्ष्मी पराजुली कुँवरले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हस्पिटलले सङ्घका सदस्यहरूलाई ओपिडी,एक्स-रे,भिडियो एक्स-रे, सिटी स्क्यान, वेड चार्ज, ल्याब,फिजियोथेरापीमा २५ प्रतिशतसम्म र फार्मेसीमा १० प्रतिशत छुट दिने गरी सम्झौता भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.