अत्तरिया, २३ भदौ : कैलालीमा नदीमा डुबेर एक बालिका ज्यान गएको छन् भने अर्की बालिका गम्भीर घाइते भएकी छन् । आइतबार धनगढी उपमहानगरपालिका–१५ र वडा नम्बर ७ को बीचमा पर्ने बेली पुल नजिकै खुटिया नदीमा वडा नं. १४ ‘जी’ गाउँकी १४ वर्षीया सवि अवस्थी नदीमा डुबेर गम्भीर घाइते भएकी हुन ।
१६ वर्षीया जेनिसा अवस्थी भने बेपत्ता रहेकोमा आईतबार साँझ मात्र उनको शव घटना स्थलको ५ सय मिटर तल फेला परेको प्रहरी सहायक निरीक्षक जनकराज पन्तले बताए ।
दुई बालिका नदीमा डुबेको खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जनकराज पन्तको कमाण्डमा ५ जना प्रहरी टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा सवि अवस्थीलाई नदीबाट निकालेर उपचारका लागि धनगढी ल्याइएको थियो
स्थानीयको सहयोगमा सवि अवस्थीलाई नदीबाट निकालेर उपचारका लागि धनगढीतर्फ पठाइएको तथा उनको अवस्था गम्भीर रहेको छ ।
सम्बन्धित पाेस्टहरु