अत्तरिया, २९ भदौ : विश्व हिन्दु परिषद् धनगढी नगर समितिको आयोजनामा प्रथम वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूल मर्मलाई आत्मसात् गरि विश्व हिन्दु परिषद् धनगढीले पार्क मोडमा रक्तदान कार्यक्रम संचालन गरेको विश्व हिन्दु परिषद् धनगढी नगर समितिका अध्यक्ष महेन्द्र पन्तले बताए ।
धनगढी रक्तसञ्चार केन्द्रलाई सहयोग पुर्याउन र कसैको एक पिन्ट रगतले कसैले नयाँ जीवन पाउने भएकाले जिल्ला रेडक्रस कैलालीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
विश्व हिन्दु परिषद् धनगढीको आयोजनाको रक्तदान कार्यक्रममा ९४ पुरुष १६ महिलाले गरी १ सय १० जना रक्त दाताले रक्तदान गरेको समेत नगर अध्यक्ष पन्तले बताए । उक्त रक्तदान कार्यक्रममा धनगढी ५ मा बस्ने नवराज जोशीका परिवारका ३ जना (नवराज जोशी स्वयं, श्रीमती र छोरा) ले रगत दान गरेर रक्तदाताहरुलाई प्रोत्साहित गरेको समेत उनले बताए ।
विभिन्न संघ संस्थामा आवद्ध व्यक्तित्व, नेपाल प्रहरी, धनगढी नगर प्रहरी, अन्य रक्तदाताहरुको सहयोगमा १ सय १० पिन्ट रगत सङ्कलन भएको हो । विश्व हिन्दु परिषद्को प्रथम वृहत रक्तदान कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यवाद र आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको विश्व हिन्दु परिषद् धनगढी नगर समितिका अध्यक्ष पन्तले बताए ।
सम्बन्धित पाेस्टहरु