महाकालीको बाढीले भत्कायो बाँध

कञ्चनपुर : महाकाली नदीमा आएको बाढीले निर्माणाधीन महाकाली चार लेन पक्की पुल आयोजनामा क्षति पुर्‍याएको छ। महाकाली नदीको बाढीले आयोजना अन्तर्गत पोखरी निर्माण गर्न राखिएको बाँध कटान गरेको छ। भीमदत्त नगरपालिका–१२ ऐरीस्थित पोखरीका लागि ढुंगा र ग्राभेल हालेर बनाइएको बाँध महाकाली नदी कटान गरिरहेको हो।

महाकालीको धार परिवर्तन गरेर कटान रोक्ने प्रयास जारी रहेको भीमदत्त नगरपालिका–१२ का अध्यक्ष भुपेन्द्र सिंह रावलले बताए। जेसीबी र स्काभेटरको सहायताले सिमेन्टका ब्लक राखेर महाकालीको धार फर्काउने प्रयास गर्दा पनि सफल नभएको उनको भनाई छ। बाँध जोगाउनका लागि पानीको बहाबको घर्षण कम गरेर नदीको धार परिवर्तन गर्नका लागि राखिएका केही ब्लक पनि बगाएको छ।
महाकाली पक्की पुलको काम अन्तिम चरणमा छ। पक्की पुलको दुवैतिर २÷२ पोखरी निर्माण गरेर महाकालीको पानी पक्की पुलमुनि भएर बहने गरेको छ। ०७८ साल कार्तिकमा आएको बाढीले पनि पक्की पुलको कालोपत्रे पहुँच मार्ग बगाएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.