जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

बझाङ, ३० भदौ : बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । बिहीबारदेखि निरन्तरको वर्षाले छबिसपाथिभेरा गाउँपालिकाको बालुवाटारनजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरोले सडक अवरुद्ध हुँदा कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रु अलपत्र परेका छन् । पहिरो निरन्तर खसेकाले पन्छाएर सडक सञ्चालनमा ल्याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

खउनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छाउन तयारी अवस्थामा राखिएको बताइन् । तर, पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा ल्याउन नसकिएको उनले बताइन् । सहायक प्रजिअ जोशीका अनुसार, शनिबार बिहानदेखि दुई जेसीबी पहिरो गएको स्थाननजिक राखिएको छ । माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन । पहिरो रोकिएपछि मात्रै सडक सञ्चालनमा ल्याउन सकिने उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.