व्यावसायी भट्टराईद्वारा जन्मदिनमा सुप समावेशी विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरे

अत्तरिया, ३० भदौ : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरिएको छ ।
नेपाल तरुण दल गोदावरी नगर सभापति तथा कालसैनी फर्निचर उद्योगका संचालक रमेशराज भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । आइतवार विद्यालयका आवाशिय रुपमा अध्ययनरत फरक क्षमता भएका बालबालिकाहरुका लागि कापी, कलम, पेन्सिल लगायत विद्यार्थीका लागि चाहिने स्टेशनरीका सामान सहित सबै विद्यार्थीलाई जुस खुवाएर आफ्नो जन्मदिन मनाए । साथै उनले यस विद्यालय बाहेक अन्य विद्यालयमा अभिभावकत्व लिने देखि शैक्षिक तथा खेलकुदका सामग्री वितरण गर्दै आएका छन ।
उनले जन्मदिनमा फर्जुल खर्च गर्नुभन्दा पनि यसरी अनाथ, असहाय, बेसहारा र फरक क्षमता भएका ब्यक्तिहरु थारै भएपनि सहयोग गर्न पाउँदा निकै खुशी लागेको समेत बताएका छन । आफ्नो तर्फवाट गर्न सकिने सम्पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै गर्ने बताएका छन ।
जन्मदिनको अवसरमा विद्यालयमा आएर विद्यार्थी भाईबहिनीलाई हौसलासँगै मायालु व्यवहार देखाएर सहयोग गर्दै गरेका युवा व्यावसायी भट्टराईलाई विद्यालयका प्रधानाध्यापक देवी साउदले धन्यवाद समेत दिइन । सुप समावेशी आधारभूत विद्यालयमा भट्टराईको जन्मदिनको अवसरमा नेपाली कांग्रेसमा कैलाली क्षेत्र न. ४ का सभापति बसन्त रोकाया लगायत जिल्ला देखि स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.