सेती प्रादेशिक अस्पतलाका पूर्व मेडिकल सुपरिटेन्डेन डा.सजन केसीको ४४ बर्षको उमेरमा निधन

अत्तरिया : सेती प्रादेशिक अस्पतलाका पूर्व मेडिकल सुपरिटेन्डेन (मेसु) डा. सजन केसीको निधन भएको छ । हाल भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सजन केसीको ह्दयघातका कारण निधन भएको हो। डा. केसीको ४४ वर्षको उमेरमा निधन भएको हो ।
डा. केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको थियो । उनको काठमाडौँमा निधन भएको हो। डा. केसी विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा भरतपुर अस्पतालमा कार्यरत थिए । ऊनी १० औँ तहमा कार्यरत चिकित्सक हुन् । उनले धनगढीमा रहेको सेती प्रादेशिक अस्पतलामा पनि काम गरेका थिए । उनले सेतीमा रहँदा मेडिकल सुपरिटेन्डेन समेत जिम्मेवारी समालेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.