गोदावरी नगरमा बजार अनुगमनमा कडाई, ८२ किलो प्रतिबन्धित प्लास्टिक झोला जफत

अत्तरिया, २ असोज : कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमनमा थप कडाई गरेको छ । नगरपालिकाले बुधबार निरन्तरता दिएको अनुगमन बाट अत्तरिया बजार क्षेत्रका विभिन्न पसलहरुबाट नगरद्वारा प्रतिबन्धित प्लास्टिकका झोलाहरुको जफत गरेको हो ।
प्लास्टिक झोलाहरु निषेधित गर्न निरन्तर अनुगमन गरिएको गोदावरी वडा नं २ का वडा सदस्य डबलबहादुर साउदले बताए । साउदले बुधबार गरिएको अनुगमन अत्तरिया बजारका विभिन्न पसलहरुबाट प्लास्टिक झोला जफत मात्रै गरिएको साथै आगामी दिनमा फेरि फेला परे जरिवाना तिराउने समेत बताए ।
प्लास्टिक झोला फेला परेका पसलहरुको नाम लेखी पुन फेरि फेला परे जरिवाना तिराउने बताए । अनुगमन गरिएको पसलहरुबाट ८२ किलो प्रतिबन्धित प्लास्टिक झोला जफत गरेको छ । अनुगमनका क्रममा ८२.३९५ किलो प्लाष्टिक झोला जफत गरेको हो । अत्तरिया बसपार्क, पहाड लाईन, लोटस गल्ली र सब्बीमण्डी लगायतका २४ पसलबाट प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रहरी, मालाखेती ईप्रकाका प्रहरी र नगरपालिका प्रतिनिधिको सहयोगमा अत्तरिया बजारका ठेला ब्यावसायी, तरकारी पसल, किराना पसल लगायत पसलबाट प्लाष्टिकजन्य सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
नगरपालिका भित्र प्लाष्टिकजन्य बस्तु पूर्ण प्रतिवन्धका लागि विभिन्न संचार माध्यमबाट प्रचारप्रसार, सुचना, बजारमा माईकिङ पश्चात बजार अनुगमन सुरु गरेको थियो । अत्तरिया बजार क्षेत्रबाट पाष्टिकजन्य बस्तु जफत गरेको फोहोर व्यवस्थापन ईन्चार्ज प्रमल महराले बताए । प्लाष्टिक झोलाहरु निषेधित गर्न निरन्तर अनुगमन गरिएको र अनुगमन अत्तरिया बजारका विभिन्न पसलहरुबाट प्लास्टिक झोला जफत मात्रै गरिएको साथै आगामी दिनमा फेरि फेला परे जरिवाना समेत तिराउने महराले बताए ।
प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध सँगै पसल बाहिर प्लाष्टिक तथा कपडा टाागेर सामान राखिंदा नगरको सौदर्यता समेत बिग्रिने भन्दै नगरपालिकाले त्यस्ता सामग्री हटाउन थालेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.