कञ्चनपुरमा डडेल्धुराका जोगी मृत भेटिए

अत्तरिया : कञ्चनपुरमा एक जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ भम्कास्थित भित्रि सडक खण्डको छेउमा डडेल्धुराको आलीताल गाउँपालिका वडा नम्बर ७ घर भएका ४१ वर्षीय जोगी महरा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी बेदकोट नगरपालिकामा बसोबास गर्दै आएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.