अत्तरिया : सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगीत भएको छ । प्रदेश सभामा ३१ भदौमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले पेश गरेको बजेट पारित गर्नेगरि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि बोलाएको स्थगीत भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयले सूचना टाँस गर्दै आइतबार बिहान ८ बजे बस्नेगरि बैठक स्थगीत भएको जानकारी दिएको छ । प्रदेश सभामा पेश भएको बजेटमाथि शनिबार दिउँसो बसेको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा बजेटमाथि सत्तारुढ दलकै सांसदहरुले विरोध जनाएका थिए ।
शनिबार साँझ बस्ने अर्को बैठकबाट बजेट पारित गर्ने तयारी थियो तर सत्तारुढ दलबीचकै आन्तरिक विवादका कारण बैठक बस्न नसकेको दाबी गरिएको छ।