गोदावरीबाट लागूऔषधसहित ४ जना पक्राउ

अत्तरिया : कैलालीको गोदावरीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ बास्कोटाका योगेश भट्टसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई २ सय १० मिलिग्राम लागुऔषधसहित आज दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.