दार्चुलामा ५ लाख बढीको अवैध सामान बरामद

दार्चुला : दार्चुलामा ५ लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्गरु स्थित महाकाली नदी किनारबाट अन्दाजी ५ लाख ८२ हजार २ सय मुल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ।

भारतबाट भन्सार छली ल्याएका मिश्री, गुड, नरिवल, बिस्कुट, सलाई, बेसार, धुलो खुर्सानी, झोला, त्रिपाल लगायतका सामान प्रहरी चौकी सितापुल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मबाट संयुक्त रुपमा खटिएको टोलीले सामान नियन्त्रणमा लिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.