सुदूरपश्चिमको पोषणका लागि पर्याप्त कार्यक्रम छन् : सामाजिक विकासमन्त्री खड्का

अत्तरिया : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले पोषणका लागि पर्याप्त कार्यक्रमहरु रहेको बताएका छन् । आईतबार मन्त्रालयमा पत्रकारहरुसँग दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री खडकाले यस्तो बताएका हुन । ‘मातृशिशु स्वास्थ्य कार्यक्रम देखि दिवा खाजा सम्म थुप्रै कार्यक्रमहरु रहेका छन्’, उनले भने । ‘स्वास्थ्य क्षेत्र सुधार मेरो प्रमुख प्राथमिकता हो ।’ दुर्गमको स्वास्थ्य सुधारका लागि चिकित्सक प्रोत्साहन समेत प्रदेशको कार्यक्रम रहेको उनले बताए ।
उनले यसवर्षको बजेटमा स्वास्थ्यमा सबैभन्दा बढी बजेट रहेको दाबी गरे । ‘बजेटमा सोचे अनुसारको योजनाहरु राख्न नसकेपनि, यसवर्ष पोषण र स्वास्थ्यमा सबैभन्दा बढी बजेट राखेको छु । एकपटक बजेट बनिसकेकाले प्रतिस्थापन बजेटमा धेरै कुरा परिवर्तन गर्न सकिएन, तर पनि स्वास्थ्यको क्षेत्रमा यथोचित बजेट छ’ उनले भने ।

धनगढीको सेती प्रादेशीक अस्पतालको उपचार सेवामा सुधार ल्याउने उनले बताए । ‘सेती प्रादेशीक अस्पतालमा विरामीको अत्यधीक चाप छ । नयाँ भवन निर्माणमा ठेकेदारले गरेको लापरवाहीले उपचार सेवा प्रभावित भएको छ । शहरी विकास तथा भौतिक पुर्वाधार मन्त्री प्रकाशमान सिंहलाई उक्त भवन निर्माणका लागि ठेकेदारलाई ताकेता गरिदिन भन्दै ज्ञापन पनि बुझाई सकेको छु’ मन्त्री खडकाले भने ।
मन्त्री खडकाले एमविविएसको छात्रबृत्तिका लागि बजेट ढिला आएकाले केही विलम्ब भएको तर कार्यविधि संसोधन गरेर पनि सुदूरपश्चिमका जेहेन्दार विद्यार्थीले छात्रबृत्ती पाईने बताए । ‘चिकित्सा सेवा आयोगको तालिका भन्दा हामी केही ढिला भएका छौं, तर कार्यविधिमा संसोधन गरेर पनि छात्रबृत्ती दिईन्छ’ उनले भने ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.