मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी पक्राउ

अत्तरिया : मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनी आइतबार विराटनगरस्थित आफ्नै निवासबाटै पक्राउ पक्राउ परेका हुन् ।

पूर्वआन्तरिक मामिलामन्त्री अधिकारी केही दिनअघि मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराएरै जापान गएका थिए । उनीसँगै तीनजना व्यक्ति पनि जापान गएका थिए । तर, जापानको अध्यागमनले उनीहरूलाई विमानस्थलबाट स्वदेश फर्काएको थियो ।

मानव तस्करको योजनाअनुसार जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । अधिकारीलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बनसमेत गरेको थियो । उनीसँगै जापान गएकाहरू यसअघि नै पक्राउ परिसकेका छन् । अधिकारीले भने आफूलाई फसाइएको दाबी गर्दै आएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.