कञ्चनपुरमा ७७ वर्षीय वृद्ध लागुऔषधसहित पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा ७७ वर्षीय एक वृद्ध लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाका भीमदत्त नगरपालिका–५ बनगाउँका ७७ वर्षीय पिउठ बोहरा लागुऔषधसहित पक्राउ परेका हुन।

उनलाई २ किलोग्राम चरेसहित बुधवार दिउँसो लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनको गोठ तलासी गर्दा गोठमा लागुऔषध फेला परेपछि बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.