अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित दुईजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नं. २ पहाडरोड २ नम्वर गल्ली स्थित दिलमन होटलबाट होटल संचालक पुरुषसहित एक यूवती पक्राउ परेकी हुन् । मंगलबार बेलुकी पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भईरहेकको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।