नेपाल तरुण दल गोदावरीको नगर कार्यसमिति पूर्णता

अत्तरिया, २२ मंसिर : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिको तदर्थ समितिले लामो समयपछि पूर्णता पाएको छ । नगर सभापति रमेशराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर कार्यसमितिका विभिन्न पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो ।
समितिको उपसभापतिमा गणेश माली र लीलाराज भट्ट (ललित), सचिवमा वीरेन्द्र खड्का, महेश बहादुर बोहरा, कोषाध्यक्षः विमला मल्ल रहेका छन् ।
समितिको सदस्यहरुमा दिपेन्द्र ओझा, गिरीराज कापडी, दिधवबहादुर कुवँर, लोचन बडेला, उज्वलबहादुर नागरी, सुनिल चौधरी, बानसी कडायत, गणेश साउद, दिर्घ बोहरा, बलराम खड्का, प्रदिप भुल, निर्मला खडायत, लक्ष्मण ताम्राकार, वीर वबहादुर साउद, प्रेम बडैला, वाजी कामी दमाई, श्याम बडैला, कमलराज भट्ट, दिर्घ बहादुर कुवँर रहेका छन ।
कार्यक्रम नेपाली कांग्रेस गोदावरी नगर कमिटीका सचिव अशोकराज देवकोटाको सञ्चालन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाया ललित रहेका थिए । कांग्रेस नेता महेशबहादुर बोहराले स्वागत मन्तव्य गरेको कार्यक्रममा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सभापति रोकायाले मनोनित कार्यसमितिलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न र पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन निर्देशन दिए । साथै, सामाजिक सञ्जालमा पार्टीविरुद्ध अपमानजनक टिप्पणी गर्ने व्यक्तिलाई कारबाही गरिने चेतावनी समेत दिए । कांग्रेसले आगामी दिनमा आफ्नो संगठनलाई अझ बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.