अत्तरिया, २९ मंसिर : गोदावरी नगरपालिका–६ लालपुमा रहेको जननौलो विहानी कृषि सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बालकृष्ण ओझाको सभापतित्वमा आयोजित सम्पन्न साधारण सभामा प्रमुख अतिथि गोदावरी नगरपालिका नगर उप प्रमुख शारदादेवी रोकाया रहेकी थिईन ।
प्रमुख अतिथि रोकायाले सहकारीहरुले सदस्यहरूलाई विभिन्न खालका शिपमुलक तालिम प्रदान गरी दैनिक जीवनस्तर उकास्न सहज साथै रोजगारमा सृजना गरेको बताईन् । उनले सदस्यहरुलाई सीपमूलक तालिम प्रदान गर्ने, आयस्तर बढाउने, क्षमता अभिवृद्धि गर्ने लगायत कार्यमा सहकारी संस्था सक्रिय रहेको भन्दै प्रशंसा गरिन् । ‘एकका लागी सबै सबैका लागि एक भन्ने उद्देश्यका साथ स्थापना भई सहयोगको भावनाको सिद्धान्त रहेको सहकारी संस्था हो’, उनले भनिन् । सहकारी संस्थाले जुनसुकै परिस्थितिमा पनि आफ्ना सदस्यहरुलाई निराश गरेको छैन सहकारीले आर्थिक मन्दीको परिस्थितिमा पनि आफ्ना शेयर सदस्यहरुलाई सहज तरिकाले ऋण उपलब्ध गराई आयआर्जनमा वृद्धि गरेको उनले बताईन ।
सदस्यहरुले सहकारीमा उद्देश्य अनुसारको मात्र ऋण लिन आवस्यक रहेको उनको भनाई छ । उनले सदस्य आफूले लिएको ऋणबाट निश्चित क्षेत्र आयआर्जन कार्यमा लगानी गरी संस्थामा तोकिएको समयमा चुक्ता गर्न उनले आग्रह समेत गरिन । जसले गर्दा सदस्यहरु साथै सहकारीको विकासमा तिब्रता दिने विश्वास रहेको बताईन् ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत अध्यक्ष बालकृष्ण ओझाले गरेका थिए । यस्तै लेखा परीक्षण प्रतिवेदन प्रस्तुत संस्थाका लेखा समिति संयोजक पदमबहादुर साउदले प्रस्तुत गरेका थिए । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओझाले २०७१ सालमा २६ जना सदस्यहरू भेला भई ३ लाख ९० हजार शेयर पूँजी बाट सञ्चालन भएको यस संस्थाले आ व २०८०÷०८१ मसान्त सम्म आइपुग्दा १ हजार ४सय ७५ जना शेयर सदस्य बनाउन सफल साथै जसको शेयर पूँजी हाल ८० लाख ७४ हजार सय पुगेको बताए ।
संस्थाले ०८०÷०८१ मा ५ करोड २६ लाख ८५ हजार बराबरको रकम कर्जामा लगानी गरेको छ भने निक्षेप तर्फ ४ करोड ८५ लाख ३२ हजार रुपैयाँ बचत संकलन गरेको छ । संस्थाको सम्पति ७ करोड ९४ लाख ७७ हजार रहेकोमा यस वर्ष संस्थाले १६ लाख ८३ हजार रकम बराबरको मुनाफा गरेको छ । यस्तै जगेडा कोषमा २२ लाख ५७ हजार ८६३ रूपैयाँ रहेको छ ।
अध्यक्ष ओझाले संस्थामा आबद्ध सदस्यहरूको हितका लागी हरेक वर्ष रोजगार, कृषि उत्पादन क्षेत्रमा सहज बनाउन निम्ति शिपमुलक तालिम प्रदान गर्दै आइरहेको साथै संस्थाका कृषिमा आधारित रहेको सदस्यहरुलाई बेमौसमी तरकारी खेती तालिम लगायत सर्व सुलभ मूल्यमा मलखाद वितरण गर्दै आइरहेको बताए ।
संस्थाले हाल गोदावरी नगरपालिका वडा नं ४,६,७ र ८ मा कार्यक्षेत्र बनाई निरन्तर सेवा प्रवाह गर्दै आइरहेको र आगामी दिनमा वडा नं १ र २ मा पनि थप सेवा विस्तार गर्ने प्रयास गरेको छ । यस्तै साधारण सभाको अवसर पारेर संस्थाले आफ्ना संस्थापक २६ जना सदस्यहरूलाई सम्मान समेत गरेको थियो ।
साधारण सभाको कार्यक्रम सञ्चालन संस्थाका लेखा समितिका सदस्य कृष्ण राज पाठकले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सचिव टेकबहादुर ओलीले गरेका थिए । सभामा विभिन्न संघ संस्था पदाधिकारी, प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित पाेस्टहरु