काठमाण्डौँ, ४ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच टीआईपीएफ सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौतामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया द्विपक्षीय सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा हस्ताक्षर गरिएको हो ।
मन्त्री भण्डारीले यो सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले नेपालमा वैदेशिक लगानीको लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
उनका समकक्षी मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरूद्वारा नेपालमा जलविद्युत्, अटोमोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरिरहेको बताए । उनले टीआईपीएफ सम्झौताले दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास दिलाए । कार्यक्रममा नेपालका सरकारी अधिकारीहरू र निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको सहभागिता
कार्यक्रममा नेपालको सरकारी पक्षबाट मन्त्रालय, लगानी बोर्ड, सोलस्थित नेपाली राजदूतावास, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रढकाललगायत करिब ३० जना उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको वातावरण र अवसरहरूबारे प्रस्तुतीकरण गरे ।
सम्बन्धित पाेस्टहरु