भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु

अत्तरिया : भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर ३९ वर्षीया भूमिसरा खड्काको सोमबार बिहान घटनास्थलमै मृत्यु हो।
उनी बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा तल खोलामा खसेकी थिइन्। भिरबाट खसे लगत्तै उनको मृत्यु भएको वडाअध्यक्ष नवीन ओझाले बताए। मृतकका श्रीमान, दुई छोरा र दुई छोरी छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.