अत्तरिया : कैलालीका एक युवकको डडेल्धुरामा दुर्घटनामा परेर मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलवानपुर बस्ने ३० वर्षीय बिशाल चौधरीको मंगलबार बिहान आफैले चलाएको से २ त २४३१ नम्बरको ट्याक्टर पल्टिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ घण्टेश्वर मन्दिर नजिकै भिमदत्त राजमार्गमा साहुखर्कबाट गैरातर्फ जाँदै गरेको अवस्थामा ट्याक्टर आफै अनियन्त्रित भएर नालीमा पल्टिएको थियो । सो क्रममा चालक चौधरीको टायरमुनी च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।