अत्तरिया, १७ पुस : धनगढी डान्स च्याम्पियनशिप सिजन ३ मा पहिलो भएकी रीतिका घटाला र तेस्रो भएका एलेक्स भुललाई सम्मान गरिएको छ । बुधबार अत्तरियाको इम्मानुयल बोर्डिङ्ग स्कूलले सोही स्कूलमा अध्यनरत छात्रा रितिका घटालालाई र अत्तरियाका एलेक्स भुललाई एक कार्यक्रमका बीच स्कूलका प्रिन्सिपल सिपी ढुङ्गानाले खादा ओढाएर सम्मान गरेका हुन् ।
इम्मानुयल स्कूल कक्षा ६ मा अध्यनरत रितिका धनगढी डान्स च्याम्पियनसीप सिजन–३ मा पहिलो भएकी थिइन् भने एलेक्स तेस्रो भएका थिए । उनलाई अत्तरिया बजार परिक्रमा सहित स्कूल मै सम्मान गरिएको थियो ।
प्रथम भएकी रितिका र एलेक्स अत्तरियाको वन वे डान्स क्याम्पमा डान्स सिक्दै आइरहेका छन् । द टुविन्स अ कम्पीलीट इन्टिचिउट अफ डान्स धनगढीको आयोजनामा भएको डान्स च्याम्पियनशिप सञ्चालन गरिएको थियो । २०८१ साउन पहिलो साताबाट सुरु भएको च्याम्पियनसीप सिजन–३ पुस १२ गते सम्पन्न भएको थियो । कलाहरुको खोजिका लागि गाउँ–गाउँमा, घर–घरमा र प्रदेशका सबै जिल्लाहरुमा प्रतिभाहरुको खोजिकार्य अभियानलाई अगाडि बढाउन सञ्चालन गरिएको धनगढी डान्स च्याम्पियनशिप सिजन–३ मा सुदूरपस्चिमका २५० जनाको सहभागिता रहेको थियो ।
