अत्तरिया : बझाङको तलकोट गाउँपालिका स्थित धमेना नजिकै बोलेरो जीप दुर्घटना हुँदा चालक सहित ३ जनाको ज्यान गएको छ । हिजो बिहिबार राति ८ बजेको समयमा तलकोट गाउँपालिकाबाट सदमुकाम चैनपुर जादै गरेको से १ ज ८४३ नम्बरको बोलेरो जी दुर्घटना हुदा चालक सहित ३ जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत्यु हुनेमा जीप चालक केदारस्यूँ गाउँपालिका-१ रायलका अन्दाजी ३३ बर्षीय शमशेर मल्ल रहेका छन् भने जीपमा सवार तलकोट गाउँपालिकाक–४ की ७२ बर्षीया जौमती देवी धामी उनका छोरा ३६ बर्षीय वम्म बहादुर धामीको घटना स्थलमै मृत्यु भएको थियोे भने, उनकी नातिनी ६ बर्षीय आकृति कुमारी धामीको जिल्ला अस्पताल बझाङ ल्याउने क्रममा बाटोमै ज्यान गएको तलकोट गाउँपालिका-२ का पूर्व वडाध्यक्ष अक्कल कुवँरले जानकारी जानकारी दिए ।
सम्बन्धित पाेस्टहरु