अत्तरिया, २१ पुस : कृष्णपुर नगरपालिकामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । मंगलबार देखि प्रतियोगिता सुरु हुने भएको हो ।
नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पौष २३ देखि २५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगिता कृष्णपुर नगरपालिका वडा नं. २ वाणी स्थित सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले गर्ने कार्यक्रम रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा नगरपालिकाले खेल महोत्सवका रूपमा रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको नगर प्रमुख हेमराज ओझाले बताए । नगर प्रमुख ओझाले नगरपालिकाले खेलकुदको प्रवद्र्धन गर्दै युवा तथा खेलाडीहरूको प्रतिभा उजागर गर्न रनिङ शिल्ड प्रतियोगिता खेल महोत्सव अन्तर्गत विद्यालयस्तरका खेलहरूमा फूटबल, भलिबल, कबड्डी, एथलेटिक्स लगायतका खेल समावेश गरिएको छ ।
यो कार्यक्रमले नगरको खेलकुद क्षेत्रको विकासलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको बताए । यस्तै नगर प्रमुख ओझाले नगरपालिकाले खेलकुदको माध्यमबाट युवाहरूलाई प्रोत्साहन गर्दै नकारात्मक क्रियाकलाप कम गर्ने लक्ष्य राखेको बताए । उनले युवाहरूलाई सकारात्मक गतिविधिमा आकर्षित गरी लागूऔषध दुव्र्यसन जस्ता सामाजिक विकृति रोकथाममा खेलकुद प्रतियोगिताले सहयोग पु¥याउने बताए ।
नगरप्रमुख ओझाका अनुसार, खेलकुद गतिविधिहरूले युवापुस्तालाई व्यस्त, अनुशासित र जिम्मेवार नागरिक बनाउने भएकाले यस्तो प्रतियोगितालाई प्राथमिकता दिइएको बताए । युवाहरूलाई खेलकुदमा संलग्न गराएर स्वस्थ जीवनशैली प्रवद्र्धन गर्दै, समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको बताए । नगरले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई जिल्लास्तरमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेबापत नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
खेल मैदान निर्माण र खेलकुद प्रवद्र्धनमा विशेष जोड दिइएको नगरपालिकाले जनाएको छ । उनले कृष्णपुर नगरपालिकाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिँदै खेलकुद मैदान निर्माणमा छुट्टै बजेटको व्यवस्था गरेको बताए । यस पहलले खेलकुद क्षेत्रको विकाससँगै युवाहरूलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको बताए ।
यस प्रतियोगितामा २६ भन्दा बढी माध्यमिक विद्यालयहरू सहभागी हुने अपेक्षा गरिएको साथै विद्यालयको तह अनुसार प्रतियोगिता भाग गराइ आधारभूत तहमा अध्यनरत विद्यार्थीहरुले पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भाग लिन सक्ने नगर प्रमुख ओझाले बताए । विजेता टिमलाई ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा ६ वटा विधाका खेलहरू हुनेछन्, जसमा प्रमुख रूपमा भलिबल, फुटबल, कबड्डी र एथलेटिक्स रहेका छन् ।
सम्बन्धित पाेस्टहरु