गेटामा मेडिकल कलेज आवश्यक रहेकोले मन्त्रालयले अतिआवश्यक पर्ने उपकरणका विषयमा गृहकार्य गरिरहेको छ : स्वास्थ्य मन्त्री पौडेल

अत्तरिया : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गेटा मेडिकल कलेजको अनुगमन गरेका छन् । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका स्वास्थमन्त्री पौडेलले आज मेडिकल कलेजको अनुगमन गर्ने क्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका लागि मेडिकल कलेज आवश्यक रहेकोले मन्त्रालयले अतिआवश्यक पर्ने उपकरणका विषयमा गृहकार्य गरिरहेको बताए । मन्त्री पौडेलले गेटाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को तयारी थालिएको बताए । तर, नेपाल सरकारको ६२ करोड बढी रकम कर्मचारीका लागि मात्र खर्च हुने देखिएको मन्त्री पौडेलले बताए । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को काम हुँदै गर्ने र नेपाल सरकारबाट छात्रवृत्तिमा अध्ययन गरेका १० जना चिकित्सक तथा २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकलाई चाँडै गेटा पठाउने मन्त्री पौडेलले बताए । उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विश्व विद्यालयको प्रक्रियामा छ । विश्व विद्यालयको काम रोकिने होइन । गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गरौ । एमबीबीएसको अध्यापन सुरु गरौ । आयोगले पनि यसमा काम गरोस् ।’ गेटामा आकस्मिक सेवासहिचको २४ घण्टा स्वास्थ्य उपचार सेवा दिन मन्त्री पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय, गेटाको स्थलगत अनुगमन गर्दै निर्देशन दिएका छन ।

गेटा मेडिकल कलेज विषयमा संसदीय समितिमा पनि छलफल भइरहेको र विधेयक अन्तिम चरणमा रहेको उनले बताए । गेटा मेडिकल कलेज छिट्टै संचालनमा ल्याउने मन्त्री पौडेलले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.