भारतिय पत्रकारलाई नेपाली ढाका टोपि सहित कैलालीमा स्वागत

धनगढी, २४ पुस : भारतिय पत्रकार श्रीनाथ शुक्ला र अभयप्रताप सिंह लगायतलाई कैलालीमा नेपाली ढाका टोपि सहित स्वागत गरिएको छ ।
भारतीय पत्रिका अमृत विचार दैनिकका महाप्रबन्धक श्रीनाथ शुक्ला र दैनिक जागरणका उपप्रबन्धक अभयप्रताप सिंहलाई नेपाल पत्रकार महासंघ कैलालीले ढाका टोपि सहित स्वागत गरेको हो । नेपाल पत्रकार महासंघ कैलालीकै कार्यालयमा एक कार्यक्रम आयोजना गरी पत्रकार सहित उनीहरुका परिवारलाई स्वागत तथा सम्मान गरेको हो ।
पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले भारतिय पत्रकारद्वयलाई नेपाली ढाका टोपि लगाएर स्वागत तथा सम्मान गरेका थिए । स्वागत गर्दै देउवाले सुदूरपश्चिम देवभुमी रहेकाले यहाँ थुप्रै घुम्न लायक ठाउँ रहेको बताएका थिए । नेपालमा पर्यटक आवागमनका लागी सहज वातावरण रहेको बताउँदै अध्यक्ष देउवाले सुदूरपश्चिममा भारतिय पर्यटकलाई भित्र्याउन भारतिय सञ्चार माध्यमले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.