अत्तरिया : कैलालीको गौरीगंगामा युवक मृत अवस्थामा फेला परेका छन् । गौरीगंगा नगरपालिका–६ को चौमालामा अन्दाजी २० वर्षीय अर्जुन साउद घरको सुत्ने कोठामा बुधबार मृत भेटिएको प्रहरीले जनाएको छ ।
विवाहित रहेका साउद आफ्नै सुत्ने कोठामा पंखामा झुन्डिएको अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।