अत्तरिया, २९ पुस : सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले पार्टी संगठन मजबुत बनाउन भातृ संगठन क्रियाशील हुनुपर्ने बताएका छन् ।
कैलालीको टीकापुरमा भएको नेपाल तरुण दलद्वारा आयोजित जिल्ला स्तरीय माघी मिलन तथा तरुण प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता देउवाले पार्टीको मेरुदण्ड भनेकै युवा शक्ती हुन स्थानीय तहबाटै युवाहरू संगठन बनाउन जुट्नुपर्ने अवस्था आएको बताए । अहिले कांग्रेस पार्टी सय दिने अभियानमा लागेकोले यसका लागि भातृ संगठनहरुले सघाउनुपर्ने बताए ।
पूर्व मन्त्री देउवाले भातृ संगठन बलियो र चलायमान भएमा पाटी बलियो हुने भएकोले आफ्ना कार्यकर्तालाई संगठन मजबुट बनाउन लाग्नुपर्ने सुझाव पनि दिए । कार्यक्रम नेपाल तरुण दल क्षेत्र नं. १ कैलाली नेपाल तरुण दल नगर कार्यसमिति टीकापुरका अध्यक्ष कल्पेस कुँवरको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित पाेस्टहरु