अत्तरिया, १२ माघ : कञ्चनपुरमा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलमाथि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताले दुव्र्यवहार गरेको सचिवालयले भत्र्सना गरेको छ ।
एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका रावललाई शनिबार पूर्वपश्चिम राजमार्ग अन्तरगत दैजी चोकमा उनी सवार गाडी रोकेर तोडफोड गर्ने प्रयास गर्दै दुव्र्यवहार गरेको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रावलका स्वकीय सचिव राजबहादुर चन्दले विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यकर्ताहरुले रावल सवार गाडीलाई रोकेर चालकलाई गालीगलौज र हातपातको प्रयास गर्दै गाडीमाथि तोडफोडको प्रयास गरेको जनाएका छन् ।
उनले उक्त घटनाले कानुनी राजको खिल्ली उडाएको उल्लेख गर्दै घटनाका बेला नेपाल प्रहरी मुकदर्शक बन्दै अराजक समूहअघि निरिहता देखाएको भन्दै आपत्ती जनाएका छन् । रावलको सचिवालयले उक्त कार्यमा संलग्नलाई कारवाही गर्न माग गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार पूर्वपश्चिम राजमार्गको दैजीमा सरकारी नम्बर प्लेटका सवारीसाधनमाथि निगरानी गर्ने कार्यक्रम गरेको जनाएको छ ।
शनिबार चलाइने सवाीसाधनले प्रशासनको अनुमती लिए÷नलिएको हेर्ने क्रममा पूर्वमुख्यममन्त्री रावलको गाडी रोकेको र सोही क्रममा विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए । उनले रावलसँग विवाद गर्ने रास्वपाका कार्यकर्ता केशव पन्तलाई नियन्त्रण लिएको बताए । तर सामान्य सोधपुछपछि पन्तलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु