अत्तरिया, १३ माघ : नेकपा एमाले गोदावरी नगर कमिटीले कृष्णराज सुबेदीका नजिकका ५÷७ जनाले मात्रै पार्टी छोडेको दाबी गरेको छ ।
आइतबार एमाले गोदावरी नगर कमिटीका अध्यक्ष सन्तोष सिंह र सचिव बिक्रम विष्टले प्रेस विज्ञप्ति जारी गर्दै २२५ जनाले एमाले परित्याग गरेको भन्ने सुबेदीको भनाइ असत्य रहेको बताएका छन् । ‘पुर्वमन्त्री कृष्ण सुवेदीले पत्रकार सम्मेलन गरी २ सय २५ जनाले सामुहिक रुपमा एमाले पार्टी परित्याग गरेको विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशन भएको कुरामा कुनै सत्यता नभएको र कोपोकल्पीत हो । पुर्व मन्त्री परिवारको ५\७ जना पार्टी सदस्य वाहेक कसैले पनि नेकपा एमाले परित्या नगरेको र सबै पार्टीको सम्पर्कमा रहेकाले कोहि पनि भम्रमा नपर्न आग्रह गर्दछु’ एमाले गोदावरी नगर कमिटीका अध्यक्ष सन्तोष सिंह र सचिव बिक्रम विष्ट द्वारा हस्ताक्षरित जारी गरेका प्रेस विज्ञप्ति भनिएको छ ।
एमाले प्रदेश कमिटीका पूर्व सदस्य एवं पूर्व मन्त्री सुबेदीले शनिबार आयोजित पत्रकार सम्मेलनमा ३५८ जनाले पार्टी परित्याग गरी भीम रावलको मातृभूमि जागरणलाई समर्थन गरेको जानकारी गराएका थिए ।
