अत्तरिया : कैलालीको गोदावरीका तीन युवक खैरो हिरोईनसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–८ स्याउले बस्ने २६ वर्षीय सुरेन्द्र कटुवाल, १९ वर्षीय पुरन विक, र २२ वर्षीय करन गुरुङ खैरो हिरोईनसहित पक्राउ परेका हुन्।
तीनै जनालाई ९ सय मिलिग्राम खैरो हिरोईनसहित फेला पारी जिल्ला प्रहरी कार्यालय कैलाली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले टोलीले सोमवार नियन्त्रणमा लिएको हो।