प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह : नेपाली भएर बाँच्ने आधार दिनुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली भएर बाँच्न आधार दिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बाँच्ने आधार दिन आग्रह गरेका हुन्।

उनले आफूलाई मेयर भनेर बिर्सिएर नेपाली भएर बाँच्ने आधार प्रधानमन्त्रीसँग खोजेका हुन्। उनले लेखेका छन्,प्यारो प्रधानमन्त्री ज्यु,अमेरिकाले भनिसक्यो corrupt, इन्डियाले भिकारी भनिसक्यो , चिनले मान्छे गन्दैन ,मलाई मेयर हो भनेर बिर्सिनुस ,नेपाली भएर बाच्ने आधार त दिनुस ।

केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको सहयोगलाई फ्रडुको संज्ञा दिँदै नेपालको संघीयाको सुदृढीकरका लागि छुट्याएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर । राष्ट्रपति ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.