बझाङमा परीक्षा दिएर घर आएकी आकांक्षा कोठाभित्र मृत फेला

अत्तरिया : बझाङमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत फेला परेकी हुन्।

केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षा मल्ल मंगलबार बेलुका आफ्नै घरको कोठामा मृत फेला परेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिर्वाय बिज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन्। बिहान परीक्षा दिएर फर्केकी उनी बेलुका झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्, डीएसपी भण्डारीले भने, सुसाइट नोट पनि फेल परेको छ। त्यसमा अरु कसैको कारणले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ। तर कारण भने उल्लेख गरिएको छैन।

डीएसपी भण्डारीका अनुसार प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनी अध्यनरत थिइन्। उनका बुवा उक्त विद्यालयका शिक्षक समेत हुन् भने उनी लेखक संघ बझाङका अध्यक्ष पनि हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.