सुदूरपश्चिमभर गणतन्त्रका पक्षमा भोलि एमालेको प्रदर्शन

अत्तरिया : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा एकसाथ शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा भोलि प्रदेशका ९ वटै जिल्लामा शक्ति प्रदर्शन गर्ने भएको हो।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले पार्टीको निर्णयअनुसार सोमबार (भोलि) सबै जिल्लामा मोटरसाइकल -याली तथा जागरण सभामार्फत गणतन्त्रका पक्षमा शक्ति प्रदर्शन गर्न लागिएको जानकारी दिए।
चन्दकाअनुसार कैलालीमा मात्र तीन ठाउँमा मोटरसाइकल -याली निकाल्ने तयारी छ। अत्तरियादेखि धनगढीसम्म, घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै मोटरसाइकल -याली निकालिनेछ छ। अत्तरियादेखि धनगढीसम्म दिउँसो २ बजे मोटरसाइकल -याली निकालिने सचिव चन्दले बताए।

पहिलो चरणमा सबै जिल्लामा मोटरसाइकल -याली तथा जागरण भेला गर्न लागेको एमालेले २९ चैतमा भने धनगढीमा विशेष जनसभा गर्ने तयारी गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एमालेले शक्ति प्रर्दशन गर्ने लक्ष्यसहित विशेष जनसभा आयोजना गरिरहेको हो। जनसभालाई एमालेका केन्द्रीय नेताहरुले सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.