जनताको शासनलाई राजावादीले अध्यारोमा धकेल्न चाहेका छन् : एकीकृत समाजवादी अध्यक्ष नेपाल

अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन धनगढीमा सुरु भएको छ।
अधिवेशनको उद्घाटन गर्दै पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाले जनाताको साशनलाई राजावादीहरुले अध्यारोमा धकेल्न चाईरहेको बताए । उनले राजावादीले चैत १५ गते काठमाडौँमा देखाएको रुपले उजीहरुको चरित्र प्रष्ट भएको बताए।

२४० बर्षको राणाशासनले जनतालाई के दियो उनको प्रश्न थियो। पुर्वप्रधानमन्त्री नेपालले अब नेपालमा राजतन्त्र नफर्किने बताए। चैत १५ गते राजावादीको आन्दोलनका क्रममा निजि सम्पत्तिमा आगजनी गरेको प्रति आपत्ति जनाउँदै दोषिलाई कार्वाही गर्न सरकार समक्ष माग गरे। उनले भने, जनतालाई गणतन्त्रको बार्रेमा बुझाउन सकेका छैनौ,अब सबै गणतन्त्रबादी दलले त्यो बुझाउन आवश्यक छ।

अधिवेशनले सुदूरपश्चिममा पार्टीको सांगठनिक सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको उनले बताए। अधिवेशन उद्घाटन समारोहमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाल लगायतका केन्द्रीय नेताहरुको सहभागिता रहेको छ।

अधिवेशनमा ९ वटै जिल्ला, प्रदेश जनसंगठन र आयोजक समिति गरी ५ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ। अधिवेशनमा १७ र १८ गते सम्म चल्नेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.