कैलाली:कैलालीमा आफ्नै घरमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ की लक्ष्मी खड्काका अन्दाजी २१ वर्षीय छोरा जीवन खड्काको आफ्नै घरमा झुन्डिएको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको आफ्नै पक्की घरको आफु सुत्ने कोठाको सिलिङ पङ्खामा प्लास्टिकको डोरीमा झुन्डिएको अवस्थामा शव फेला परेको हो।स्थानीयका अनुसार आइतबार उनी घरमा एक्लै थिए।हाल उनको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।